जलपाईगुडी: जलपाईगुडी जिल्ला पुलिसको पहलमा, ट्राफिक कर्मचारीहरूलाई छाता र चश्मा उपहार दिइयो। यससँगै रुमाल, पिउने पानी र ओआरएस पनि उपलब्ध गराइएको छ। बिहीबार धुपगुडीमा कार्यक्रम पूरा गरेपछि जलपाईगुडीका पुलिस अधीक्षक उमेश गणपत खान्डबहले म्यानागुरीस्थित टेकाटुली पथबन्धु कार्यालयमा पनि यस्तै कार्यक्रम आयोजित गरे। यससँगै वहाँ म्यानागुरी ट्राफिक मोड़ र इन्दिरा मोड़मा आयोजित कार्यक्रममा पनि शामेल भए।










