नामथाङमा सुनुवार मुखिया जातिको महान पर्व श्यादर पिदार पालन

IMG-20220516-WA0204.jpg

गान्तोक। दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत निज रामेङमा सुनुवार मुखिया जातिको महान पर्व श्यादार पिदार भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा विधायक अदित्य गोले रहेका थिए भने विशिष्ट अतिथिमा क्षेत्र विधायक एनम मन्त्री सञ्जीत खरेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दे मुख्य अतिथि विधायक गोलेले वर्तमान सरकारले जातदेखि माथि उठेर विकासको कार्य गर्दै आइरहेको बताए। यस क्षेत्रमा धेरै विकासको कामहरू भएको उनले दावी गरे। अहिले सबै कार्यालयहरू इ- भएको छ भने हाम्रो नानीहरूलाई पनि भाषा, संस्कृतिबारे जागरूक गराउनु पर्ने आवश्यकता रहेको उनले महसुस गरे। यसो भएको खण्डमा भावी पीढिले आफ्नो परम्परा, भाषा, संस्कृतिको संरक्षण हुन सक्ने जानकारी गराए। सुनुवार समुदायको मन्दिर निर्माणको निम्ति राज्य सरकराले पाँच करोड रूपियाँ अनुमोदन गरिसकेको यस यसको डीपीआर बुझाउनु पर्ने आग्रह गरे। अब सिक्किमे जनताको मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै आगामी वर्ष यस स्थानमा पालन गरिने श्यादार पिदार पर्वमा राज्यका मुख्यमन्त्रीलाई ल्याउने बचन दिए।

यसै क्रममा मन्त्री सञ्जीत खरेलले राज्यको सुनुवार जाति सबै भन्दा पछौटे रहेको तर पनि सोझो छन्। अन्य समुदायको तुलनामा सुनुवार जातिको संख्या राज्यमा धेरै कम रहेको बताए। तर उनले सुनुवार समुदाय़ले कहिल्यै पनि आफूलाई कमजोर र कम रहेको महसुस नगर्ने आग्रह गरे।तीन वर्षको अवधिमा नामथाङको जति विकास भयो त्यो नामथाङका जनताले प्रत्यक्ष देखेको जानकारी गराए। पाँच वर्षको कार्यकालभित्र यस निर्वाचन क्षेत्रका सबै समाजलाई अघि बढाउन सहयोग पुऱ्याउने उनले आश्वासन दिएका छन्। यस निर्वाचन क्षेत्रमा तीन वर्षको छोटो अवधिमा १४ वटा स्कूल निर्माण गरिएको जानकारी गराउँदै अझ निकट भविष्यमा यस प्रकारको धेरै योजना ल्याएर नामथाङमा विकासको मूल फुटाउने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement