सिलगढी: खेलीरहेको बेला विषालु फल खाएपछि २० जना बालबालिका बिरामी परेका घटना नक्सलबारीमा भएको हो। बुधबार साँझ सो क्षेत्रका बालबालिका नक्सलबारीस्थित बडा मोनिराम जोत मैदानमा खेल्न गएका थिए। खेल्दै गर्दा केही बालबालिकाले अज्ञात विषालु फल खाए। घर फर्किएपछि बालबालिका बिरामी परेर साँझदेखि वान्ता गर्न थाले। नाजुक अवस्था देखेर २० जना बालबालिका बिरामी अवस्थामा नक्सबारी अस्पतालमा भर्ना भएका थिए।

खबर पाएलगत्तै मोनिराम ग्राम पञ्चायतका अध्यक्ष गौतम घोष घटनास्थल पुगेका थिए। तर, प्राथमिक उपचारपछि सबै स्वस्थ रहेको बताइएको छ। चिकित्सकसँग कुरा गरेपछि प्रधानले उपचार भइरहेको बताए।











