सिलगढी: सिलगढी स्पोर्ट्स कराटे एकेडेमीका प्रमुख ब्ल्याक बेल्ट विजय दासले आफ्नो एकाडेमीसँगै धेरै एनजीओमा आवद्ध भएर महिलाहरूलाई नि:शुल्क कराते तालिम दिइरहेका छन्। उनले प्रत्येक महिला वा केटीले करातेमा निपुण हुनु निकै जरुरी रहेको पनि बताएका छन्। उनले बालिकाको हकमा अभिभावकलाई बढी सचेत हुन आग्रह गरे। उनले पढाइसँगै कराते सिक्नलाई प्राथमिकता दिए। उनले प्रत्येक युवतीलाई आफ्नो सुरक्षाका लागि कराते सिक्न आग्रह गरेका छन्।










