सिक्किम र नेपालका पत्रकारहरूद्वारा राज्यपालसॅंग भेट

IMG-20230608-WA0004.jpg

गान्तोक: प्रेस क्लब अफ सिक्किम र प्रेस क्लब अफ लुम्बिनीले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गऱ्यो।राजभवनमा भएको भेट अवधि दुवै देशका प्रेस क्लबहरूसॅंग मिडियाको माध्यमद्वारा बौद्ध पर्यटनलाई बढावा दिन संयुक्त रूपमा पहल गर्ने विषय चर्चा गरियो।

यसरी मिलेर काम गरेको खण्डमा दुवै देशमा बौद्ध पर्यटनको संवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरियो। राज्यपाल आचार्यले दुई देशबीच युगौंदेखि सामाजिक-सांस्कृतिक र धार्मिक सम्बन्धमाथि प्रकाश पार्दै मिडियालाई दुवै देशका हितमा काम गर्न आह्वान गरे।

About Author

Advertisement