१ करोड ४९ लाखको सुनसहित दुई जना पक्राउ

Screenshot_20230607_215831_WhatsApp.jpg

सिलगढी: बंगलादेशबाट सुनको १७ वटा बिस्कुट जुत्तामा हालेर कोलकाता लगिरहेको बेला राजस्व भन्सार विभागले २ जनालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ करोड ४९ लाख रुपैयाँ बराबरको सुन बरामद भएको छ। बुधवार पक्राउ परेका दुवै जनालाई सिलगढी अदालतमा पेश गरिएको थियो जहाँ न्यायाधीशले १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीले राष्ट्रिय राजमार्गमा छापा मारेर १७ थान सुनका बिस्कुट बरामद गरेका हुन्। केन्द्रीय राजस्व खुफिया ब्यूरोका स्रोतहरूका अनुसार कुचबिहारको तुफानगञ्जबाट कोलकाता तस्करी गर्नुअघि दुई अभियुक्तको जुत्ताबाट १७ वटा सुनको बिस्कुट बरामद गरिएको थियो।

सो घटनामा सोनुल्लाह सिकदार र दिवाकर दासलाई पक्राउ गरिएको थियो। एक जना आसामका र अर्को बिहारका बासिन्दा हुन्। बरामद सुनको मूल्य १ करोड ४९ लाख २० हजार रुपैयाँ रहेको छ। पक्राउ परेका दुवैलाई बुधबार सिलगढी अदालतमा पेश गरिएको थियो। न्यायाधीशले १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement