उच्च न्यायलयको निर्देशलाई भागोप्रमोले गलत प्रचार गरेको हाम्रो पार्टीको आरोप

00-1-Chhetriya-Samachar-1

दार्जीलिङ: उच्च न्यायलयको आदेशलाई शीरोपर गर्दै हाम्रो पार्टीले आउँदो केही दिनभित्रमा नै जिल्लाधिकारी समक्ष याचिका दर्ता गर्ने भएको छ। गत २०२२ को दिसम्बर महिनामा हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १८ बाट निर्वाचित नगरपार्षद गणेश सार्कीविरुद्ध उच्च न्यायलयमा एक याचिका दर्ता गरेको थियो। बङ्गाल नगरपालिकाको नियममा कुनै निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिका अवैद्य निर्माण एंव कार्यहरूदेखि टाडो हुनु पर्ने आदि जस्ता विषयहरूको उलेख गरिएको छ भन्ने बताउँदै वार्ड नम्बर १८ का को निर्वाचित तृणमूल कांग्रेसका नगरपार्षद गणेश सार्की अवैद्य निर्माण कार्यहरूमा लिप्त रहेको आरोप हाम्रो पार्टीले लगाएको छl यसै आरोपलाई लिएर हाम्रो पार्टीले उच्च न्यायलयमा याचिका दर्ता गरेको थियो। हिजो मङ्गलबार उक्त याचिकाको सुनाई गर्ने क्रममा न्यायधिशले याचिकाकर्तालाई ६ सप्ताहभित्रमा जिल्ला अधिकारी समक्ष यस विषयमाथि याचिका दर्ता गर्ने निर्देश दिएको छ बताएको छ। हाम्रो पार्टीले प्रेस विज्ञाप्ति जारी गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले न्यायलयको निर्देशमा उल्लेख गरिएको विषयहरूको साटो हाम्रो पार्टीलाई झटका आदि जस्ता शब्दहरूको प्रयोग गरेर न्यायलयको निर्देश विपरित गलत प्रचारप्रसार गर्ने कार्य गरेको बताएको छ। गत २०२२ को दिसम्बर महिनामा दार्जीलिङमा फ्लोर टेस्ट भएको थियो,त्यस अवधि हाम्रो पार्टीले तृणमूल काग्रेसका नगरपार्षद गणेश सार्कीको सदस्यता खारेज गरिनु पर्ने माग गर्दै सदर महकुमा शासक समक्ष याचिका दर्ता गरेको थियो।

About Author

Advertisement