७ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा बुधवार दुईवटा म्याच खेलियो। चानमारी मैदानमा युनाइटेड घुम्ती एफसी र रोहिणी एफसी-बीच खेलिएको दिनको पहिलो म्याच (ग्रुप ए) ३-३-ले ड्र रह्यो। म्याचमा घुम्ती एफसी-बाट सुजल राईले २ अनि प्रमित गुरुङले १ गोल गरे । यसरी रोहिणी एफसी-बाट सुशान्त तामाङ, बिक्रम दर्जी र नितेश राईले गोल गरे। यसरी दिनको दोस्रो म्याचमा आईटीआई टुंगले खरसाङ भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा आईटीआई टुंगबाट अमिर तामाङ र राज प्रधानले गरे। यसरी भेटरन्सबाट अल्केश तामाङले गोल गरे। आज अतिथिको रूपमा मोहमेडन स्पोर्टिंग क्लबका मुख्य डाक्टर एस रहमान र समाजसेवी फिरोज अख्तर उपस्थित थिए। आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा रबिन तामाङ र प्रतीक गुरुङ थिए। यसरी दोस्रो म्याचमा प्रतीक गुरुङ रेफरी रहेका थिए। सहायकको भूमिकामा सलिम गुरुङ र नितेश देवान थिए। फोर्थ अफिसियलको जम्मेवारी प्रवीण तामाङ र जयेस प्रधानले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।








