कोलकाता: कोरोमण्डल एक्सप्रेस आजदेखि फेरि सुरु हुँदैछ। ओडिशाको बहानागा बजार स्टेशन नजिकै शुक्रबार साँझ रेल दुर्घटनामा परेको थियो। त्यसको पाँच दिनपछि बुधबार दिउँसो ३.३० बजे कोरोमण्डल एक्सप्रेस फेरि शालिमारबाट चेन्नईका लागि प्रस्थान गर्नेछ। दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकारी आदित्य चौधरीले मङ्गलबार सो जानकारी दिएका हुन्। आदित्यले भने, कि यो ट्रेन पहिलेको रुटमा चलिरहने छ अर्थात् ट्रेन बुधबार दिउँसो ३.२० मा चेन्नईका लागि शालिमारबाट छुट्नेछ। यो बहानागा बजार स्टेशन माथि पनि जान्छ। गत शुक्रबार यही बहंगा स्टेशन नजिकै अप कोरोमण्डल एक्सप्रेस दुर्घटनामा परेको थियो। यस घटनामा कम्तीमा २८८ जनाको ज्यान गएको र धेरै घाइते भएको रेलवेले दाबी गरेको छ।
शुक्रबार राति भएको दुर्घटनापछि उद्धारको काम सकिएपछि शनिबार रातिदेखि रेल सेवा सञ्चालनमा ल्याउने कामलाई रेलवेकर्मीले सुरु गरेका छन्। आइतबार राति १०.४० बजे पहिलो पटक डाउन लाइनमा मालगाडी चलाइएको थियो। त्यसपछि राति ११.३९ बजे अर्को मालगाडी चल्यो। अप लाइनमा पहिलो ट्रेन १२:०५ बजे चल्यो। त्यसबेला रेलमन्त्री अश्विनी वैष्णव घटनास्थलमा उपस्थित थिए। सोमबार बिहान त्यही ठाउँबाट वन्दे भारत एक्सप्रेस चलेको थियो। केही समयपछि फलकनुमा एक्सप्रेस पनि अप लाइनबाट गुज्र्यो। रेलमार्गको मर्मतको काम सोमबार सम्पन्न भएको रेल स्रोतले जनाएको छ। त्यो दिन ४० भन्दा बढी रेलहरू त्यो लाइनबाट दौडे। तर, घटनास्थलमा रेलको गति मात्र १० किलोमिटर प्रतिघण्टा थियो। मंगलबार पनि उक्त लाइनमा धेरै रेलहरू रद्द गरिएको थियो।
यी ट्रेनहरू आज रद्द हुनेछन्
बुधवार रद्द गरिएका ट्रेनहरूको संख्यामा विशाखापट्टनम शालीमार एक्सप्रेस, पुरी शालीमार एक्सप्रेस, पुरी शालीमार श्री जगन्नाथ एक्सप्रेस, एमजीआर चेन्नई सेन्ट्रल शालिमार एक्सप्रेस, ताम्बरम संत्रागाछी एक्सप्रेस, हैदरावाद शालिमार ईस्ट कोस्ट एक्सप्रेस, विल्लुपुरम पुरुलिया एक्सप्रेस, एमजीआर चेन्नई सेन्ट्रल हावड़ा मेल र पोन्डिचेरी हावड़ा समावेश छन्।








