पुटुङ कमानमा काटिन थाल्यो पीएफ

IMG-20230606-WA0251.jpg

चियाश्रमिकहरूमा छायो खुशीको लहर

पानीघट्टा: पुटुङ चियाकमानका श्रमिकहरूको काटिन थाल्यो पीएफ। पीएफ काटिन थालेपछि कमानका श्रमिकहरूमा खुशीको परिवेश छाएको छ। पुटुङ चियाकमान धेरै वर्षदेखि चल्दै बन्द हुँदै गरेपछि चियाकमानका शिक्षित र बुद्धीजीवी वर्गले बगान सञ्चालनका लागि पुटुङ वेलफेयर कमिटी गठन गरे। उक्त कमिटीले बगानको चियापत्ती विभिन्न बगानमा लगेर बेचेर चियाश्रमिकहरूलाई पारिश्रमिक बितरण गर्थ्यो। पुटुङ चियाकमानका श्रमिकहरूले पत्ती टिप्ने काम मात्र गरेनन् तर, बगानमा नयाँ चियागाछ लगाउने पनि कार्य गरे। पुटुङ चियाकमान बिस्तारै राम्रो हुँदै गएपछि कमानको पत्ती खरसाङस्थित सिगेल चियाकमानले लिनु थालेको थियो। त्यसपछि सिगेल बगानबाट श्रमिकहरूलाई हाजिरीसँगै जुत्ता, छाता र झोली साथै पुजा बोनस पनि दिइन थालियो। श्रमिकहरूले पुटुङ चियाकमानमा मालिक रहे तापनि मालिक तर पर्दा पछि नै रहेको आरोपहरू लगाइरहेका थिए भने सरकारी सहुलियतहरूको माग पनि गर्दै आईरहेका थिए। यसैबीच अन्ततः पुटुङ चियाकमान पीएलए एक्टमा गएर नेचुरल डट कम कम्पनीले चियाकमान सञ्चालन गर्न थालेपछि एक जूनदेखि पुटुङ चियाकमानका ३४३ जना श्रमिकहरूले पाउने अधिकार पीएफ काटिन थालेको हो। यसरी पीएफ काटिन थालेपछि श्रमिकहरूले खुशी व्यक्त गरिरहेका छन् भने बगान सञ्चालन समितिका सभापति बिकाश लेप्चा र बगानका प्रबन्धक बिकाश देवनले पनि हर्ष प्रकट गरेका छन्।

About Author

Advertisement