सिभिक भोलिन्टियर्स सीमा लोहार सम्मानित हुने

041ecbf5-97f2-4284-8c7a-6e3982ac70de

कालचिनीः महिला फूटबल टीम डुवर्स ११ खेल्दाखेल्दै सिभिक भोलिन्टियर्समा काम पाएकी सीमा लोहारलाई आगामी ९ जुनको दिन कालेबुङ टाउन हलमा आयोजना हुने स्टेट चाइल्ड प्रोटेक्शन डे को अवसरमा स्पोर्ट्स क्याटेगरीमा वेस्ट बेङ्गल कमिशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्स (डब्ल्यूबीसीपीसीआर) द्वारा सम्मान गर्ने भएको छ। हाल कालचिनी थाना अधीन सिभिक भोलिन्टियर्समा कर्तव्यरत सीमा लोहारले कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा आफ्नो कर्तव्य पालन गर्दै आईरहेकी छन् भने अपरान्हसम्मको ड्युटी समाप्ति पश्चात सीमा लोहार फूटबल अभ्यास गर्न जाने गर्छिन।
यसरी अचानक स्टेट चाइल्ड प्रोटेक्शन राइट्सबाट आफूलाई आगामी ९ जुनको दिन कालेबुङ आउने निमन्त्रणा पाउँदा खुसी लागेको सीमा लोहार बताउँछिन। डुवर्सको फूटबल लेडी बङ्गरत्न भवानी मुन्डाको टीम डुवर्स ११ मा सचिव पदमा पनि रहेकी सीमा लोहारको यस उपलब्धिमा भवानी मुन्डा पनि खुसी भएकी छन्। यसरी नै कालचिनी थाना प्रभारी टीएन लामाले पनि सिभिक भोलिन्टियर्स सीमा लोहारलाई यस उपलब्धिको निम्ति अग्रिम शुभकामना दिएका छन्। अविवाहित सीमा लोहार भन्छिन् फूटबलसित एकपल्ट बिहे गरिसके अब फूटबल खेल्ने मिल्दो केटा पाए बिहे गर्नेछु। फूटबल खेलेर नै सिभिक भोलिन्टियर्समा कर्तव्यरत छु र अस्पतालमा कर्तव्यरत हुँदा रोगी परिवारलाई मदत एवम् झैझगड़ा नियन्त्रण गर्ने सेवामा खटिएको र ड्युटी सक्ने बित्तिकै साँझ फूटबल अभ्यास गर्ने गरेको सीमा लोहार बताउँछिन्।

About Author

Advertisement