सेरि एः सीजनको अन्तिम म्याचमा एसी मिलान, नापोली र युभेण्टसको जीत

IMG-20230605-WA0204.jpg

५ जूनः इटालियन सेरि ए फूटबलमा च्याम्पियन नापोलीको साथमा एसी मिलान र युभेण्टसले जीतको साथ सीजनको समापन गऱ्यो। आइतवार राति खेलिएको म्याचमा सेरि ए विजेता नापोलीले सेम्पडोरियालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट भिक्टर ओसिमहेनले ६४औं र जिओभान्नी सिमेओनले ८५औं मिनटमा गोल गरे। यसरी नापोलीले ३८ वटा म्याचमा ९० पोइण्ट्सको साथ सेरि ए टेबलको शीर्ष स्थानमा रहेर घरेलु सीजनको अन्त गऱ्यो। नापोलीले यस सीजनमा केवल ४ वटा म्याचमा हारको सामना गर्नु पऱ्यो। रेलिगेशनको शिकार बन्ने सेम्पडोरिया चाहिँ १९ पोइण्ट्सको साथ २०औं स्थानमा रहन पुग्यो। यसरी नै गत सीजनको च्याम्पियन एसी मिलानले भेरोना विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। म्याचमा ७९ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट राफाएल लिएओले ८५औं र स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। यसबाहेक एक गोल ओलिविएर गिरोडले मध्यान्तरको ठीक अघि पेनल्टीबाट गरे। भेरोनाबाट डाविडे फाराओनीले ७२औं मिनटमा गोल गरे। च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गर्न सफल एसी मिलान ७० पोइण्ट्सको साथ चौथो स्थानमा रह्यो।
यसरी युभेण्टसले आफ्नो अन्तिम म्याचमा उडिनिसलाई १-०-ले पराजित गऱ्यो। उतार-चड़ाउले भरिएको सीजनमा युभेण्टसबाट म्याचको एकमात्र गोल फेडेरिको चिएसाले ६८औं मिनटमा गरे। यस जीतपछि युभेण्टस ६२ पोइण्ट्स लिएर सातौं स्थानमा रह्यो। उडिनिसले ४६ पोइण्ट्सको साथ १२औं स्थानमा रहेर सीजनको समापन गऱ्यो। अटलाण्टाले मोञ्जा विरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। म्याचमा ३८ प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमबाट टेउन कूपमेनर्सले ह्याट्रिक गरे। म्याचमा मोञ्जाका खेलाड़ी मार्लोन साण्टोस डी सिल्वा बारबोसालाई ७०औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि अटलाण्टा ६४ पोइण्ट्सको साथ पाँचौं स्थानमा रह्यो। यसरी ११औं स्थानमा रहने मोञ्जाले सीजनमा ५२ पोइण्ट्स बटुल्यो। यसरी नै रोमाले स्पेजिआ विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचमा लगभग अन्तसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। अन्तमा पाउलो डिबालाले ९०औं मिनटमा पेनल्टीबाट गोल गरी रोमालाई जीत दिलाए। रोमा ६३ पोइण्ट्सको साथ छैटौं स्थानमा रह्यो। अन्य एउटा म्याचमा बोलोग्नाले लीसलाई ३-२-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement