गंगुटिया चियाबारीमा निःशुल्क आँखा जाँच शिविर साथै चश्मा वितरण

26a8b230-cbf6-4ed1-be23-c05e41adc9b5

कालचिनीः अलिपुरद्वार जिल्ला अस्पतालको सहयोगिता अनि प्रियदर्शना एनजीओको मातहत चियाबारी गाउँ बस्तीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गर्ने क्रममा आइतबार गंगुटिया चियाबारीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी प्रियदर्शना एनजीओको प्रमुख बिजन सरकारले दिएका छन्। गारोपाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने गंगुटिया चियाबारीको उक्त शिविरमा मुख्य अतिथिको रुपमा विशिष्ट समाजसेवी तथा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत लगायत गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा, समाजसेवी रञ्जित प्रधान, एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मूलतः दुर्गम गाउँहरूमा स्वास्थ्य परिसेवा दिन एवम् राज्य सरकारको जनमुखी योजनालाई साथ दिँदै प्रियदर्शना एनजीओले अलिपुरद्वार जिल्ला अस्पतालको सहयोगितामा यो निःशुल्क चिकित्सा साथै आँखा जाँच शिविर सम्पन्न गर्दै आइरहेको र यो क्रम जारी रहने प्रियदर्शना एनजीओको प्रमुख बिजन सरकारले जनाएका छन्। शिविरमा प्रायः २०० भन्दा गाउँलेहरूले आँखा जँचाएको र मोतियाबिन्द रोगीहरूलाई मिति अनुसार निःशुल्क अपरेशन पनि गरीने साथै निःशुल्क चश्मा वितरण पनि गरिएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement