अफगानिस्तानको पूर्वी क्षेत्रमा शुक्रबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ। यस क्रममा ५ जनाको मृत्यु भएको बताइएको छ। यसअघि बुधबार पनि सोही क्षेत्रमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो। यस अवधिमा करिब १,१५० जनाको मृत्यु भएको थियो। शुक्रबार बिहान जियान जिल्लामा गएको भूकम्पमा परी ११ जनाभन्दा बढी घाइते भएको संचारमाध्यमहरुमा बताइएको छ।