अफगानिस्तानमा फेरि भूकम्पको धक्का, ५ जनाको मृत्यु

Earthquake-copy-2

अफगानिस्तानको पूर्वी क्षेत्रमा शुक्रबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ। यस क्रममा ५ जनाको मृत्यु भएको बताइएको छ। यसअघि बुधबार पनि सोही क्षेत्रमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो। यस अवधिमा करिब १,१५० जनाको मृत्यु भएको थियो। शुक्रबार बिहान जियान जिल्लामा गएको भूकम्पमा परी ११ जनाभन्दा बढी घाइते भएको संचारमाध्यमहरुमा बताइएको छ।

About Author

Advertisement