बीरपाडा: आहारको खोजीमा हात्तीको बथान अहिले गाउँ वस्तीतिर घुम्न थालेको छ। हात्तीको आक्रमणले इलाकाका बासिन्दा मर्कामा परेका छन्। मदारीहाट बीरपाडा ब्लकका सबैतिरको अवस्था उस्तै छ। एक महिना नबित्दै हात्तीको अर्को झुण्डले शिशुबारी बसाक पाडा स्थित सुजित बसाकको घर, आशानन्द सरकारको दैलो, चापागढी प्रधान पाडामा रहेको अलियार रहमानको भान्साघरमा आक्रमण गरेको छ भने हबिबुल रहमानले पसलको फ्रिज पल्टाएर तोडफोड गरेका छन्।
मदारीहाट वन विभागका रेन्जर श्रीवास सरकारले पीडितले आवेदन दिएमा सरकारी नियमबमोजिम क्षतिपूर्ति दिइने छ भनी बताए।