गाईवस्तु तस्करी रोक्न पुगेका किशोरलाई पुलिस वाहनले कुल्चियो

medium_2023-05-30-7f19555b8f.jpg

काेलकाता। गाईवस्तु तस्करी रोक्न पुगेका एक किशोरलाई पुलिस वाहनले कुल्चिॅंदा मृत्यु भएको छ। घटना नदियाको धानतला थानाको कुलगाछी-दराप्पुरको हो। शुक्रवार मृतक छात्रका परिजनसॅंग नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भेट गरे। उनले पुलिस प्रशासनको आलोचना गर्दै यो दुर्घटना नभएर हत्या रहेको दाबी गरे। उनले पीडित परिवारलाई कानूनी सहायता प्रदान गर्ने वचन पनि दिए।

गए सोमवार राति ग्रामीणहरूले गाईवस्तु तस्करको सन्देहमा धानतलाको कुलगाछीमा एक व्यक्तिलाई पक्राउ गऱ्यो। धानतला थानाको पुलिस आरोपितलाई आफ्नो हिरासतमा लिन पुग्दा पुलिसले पनि ग्रामीणहरूको आक्रोशको सामना गर्नु पऱ्यो। पुलिसको वाहनले सडक छेउ बसेका तीन ग्रामीणलाई कल्चिएको आरोप छ। यस घटनामा आकाश राय नामक एक विद्यार्थीको मृत्यु भयो।

पीडित परिवारसॅंग भेट गर्न गएको शुभेन्दुले भने, पुलिसले चाहेको भए ९ कक्षामा अध्ययनरत त्यस नानीलाई बचाउन सक्ने थियो। पुलिसले यस घटनालाई केवल दुर्घटना बताइरहेको छ। पुलिस एकजना गाई चोरलाई बचाउन छिटो भाग्न चाहन्थ्यो। यस कारण एक विद्यार्थीहरूको हत्या गर्नु पऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement