खरसाङ सुपर लिग फुटबल टुर्नामेन्ट शुरु

n50579278616857323393944a7beb9ba5977f11a819f0bfa4aa4157e123d3d7b30b2df4784ed11bcaef8694.jpg

उद्घाटन खेलमा युकेएफसी र खरसाङ भेटरन बिजयी

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा खरसाङको चानमारी मैदानमा खरसाङ सुपर लिग फुटबल टुर्नामेन्ट शुरु भएको छ। खरसाङ सुपर लिग अन्तर्गत पहिलो खेलमा चैतेपानी पीपीलाई युकेएफसीले १ को विरुद्ध ४ गोलले पराजित गरेको छ भने दोस्रो खेलमा खरसाङ भेटरनले हिल्स फुटबल अकादमीलाई १ गोलको विरुद्ध ४ गोलले पराजित गरेको छ।

उद्घाटन खेलको मुख्य अतिथि पश्चिम बंगाल नेवार विकास बोर्डको चेयरम्यान सुनिल प्रधान उपस्थित थिए भने युवा शक्ति खरसाङ महकुमा समितिको अध्यक्ष पेमेन्द्र गुरुङ उपस्थित रहेका थिए। यो खेल खरसाङ महकुमा निर्वाचन क्षेत्र स्तरीय रहेको छ भने खरसाङ वरिपरिका ११ वटा दलहरूले भाग लिएको खरसाङ फुटबल एसोसिएशनको तर्फबाट विशाल शर्माले जानकारी गराएका छन्।

About Author

Advertisement