खरसाङ: खरसाङमा यसपाली पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गरिने भएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गरिने भएको छ। गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग अनावर गरिएपछि पहिलोपल्ट जन्म जयन्ती पालन गरिने भएको छ। योभन्दा अघि पाद्री गङ्गाप्रसाद प्रधानको सालिगबिना नै जन्म जयन्ती पालन गरिन्थ्यो भने यसपाली गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग अनावर गरिएपछि यसपाली पहिलोपल्ट सालिगसितै जन्म जयन्ती पालन गरिने भएको छ पुस्ताकालयको सचिव विनोद रसाइलीले जानकारी गराएका छन्। उनले जानकारी दिए अनुसार आगामी ४ जुलाईको दिन पूर्वाध्दमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग अघि श्रध्दाञ्जली अर्पण गरिने कार्यक्रम रहेको र उत्तरार्ध्दमा गोर्खा जनपुस्ताकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गरिने भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार सलोन कार्थक उपस्थित रहने जानकारी प्राप्त भएको छ। पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गरेपछि आगामी १३ जुलाईको दिन गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा भानु जयन्ती पनि पालन गरिने भएको छ। यसको लागि यसपाली भानु जयन्तीमा खरसाङ महकुमा स्तरीय उच्चत्तर माध्यमिक विद्यालयहरूलाई लिएर रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको छ। उक्त रामायण पाठ प्रतियोगितामा खरसाङ महकुमा अन्तर्गत पर्ने इच्छुक उच्चत्तर माध्यमिक विद्यालयहरूले भाग लिनलाई आगामी ७ जुलाईभित्रमा आफ्नो नाम पञ्जीकरण गरिदिने निवेदन पनि पुस्ताकालयको सचिव विनोद रसाइलीले गरेका छन्।