सिलगढी: आज सिन्कोना निर्देशालय भवनमा इनपावर टेक्निकल एक्सपर्ट कमिटीको सभा सप्पन्न भयो। सभामा सिन्कोनाको खेती टीसी कल्चर माध्यमद्वारा शुरु गरिने बारेमा छलफल गरियो। स्मरण रहोस्, सिन्कोना एवं अन्य औषधीय पौद्दाहरुलाई देखरेख गर्नको निम्ति सरकारले ‘इनपवर टेक्निकल एक्स्पर्ट कमिटी’ गठन गरेको छ भने प्रत्येक ६ महिने सभा बसेर सिन्कोना बगानको कार्यप्रणाली बारे यो कमिटीले निगरानी गर्नको साथै बगानमा भविष्यको कामकुराको रणनीति बनाउने जिम्मेवारी रहेको छ।
यस भन्दा ६ महीना अघि जीटीए कार्यलयमा यस कमिटीको सभा भएको आज दोस्रो सभा मङपु सिन्कोना निर्देशालय भएको छ। अहिलेसम्म सिन्कोनाको खेती बिज रोपेर गरिन्थ्यो भने अब टिसु कल्चर मार्फत सिन्कोना खेती शुरु गरिने आजको सभामा छलफल भएको कुरा सिन्कोना निर्देशक डा.सामुएल राईले जनाए। सिन्कोना बगानमा रहेको यहाँको सिन्कोना बोक्रमामा अल्कोलाइड्सको मात्र कम्ती रहेकोले हाईकनटेन एल्कोलाईड्स भएको सिन्कोनाको रुख खोजी निकालेर त्यस रुखको टिस्यु कल्चर मार्फत नै सिन्कोनाको बिरुवा बृहत रुपमा निकाल्ने योजनना रहेको र उत्तरबाङ्गाल कृषि विश्व विधालय मार्फत काम शुरु गरिसकेको बगान निर्देशकले जनाए। विदेशमा सिन्कोना निरायत गर्नु हो भने सिन्कोनाको अल्कलाईड धेरै मात्रामा हुनु पर्ने भएकोले अत्याधुनिक पद्धतिद्वारा सिन्कोना खेती बगानमा शुरु गरिने कुरा निर्देशकले बताए।
हाल सिन्कोना बगानमा चिरौता, सिट्रोनिला, लेमनग्रास तितापातीअनि अन्य औषधीय पौद्दाहरुको तेल निकाल्ने प्रक्रिया अत्याधुनिक तरिकाले शुरु गरिसकेको र सिन्कोनाको बोक्रा उगलाई देखि प्रत्येक काम कुरा नै समयको मागअनुसार अत्याधुनिक तरिकाले गर्ने योजना रहेको निर्देशकले जनाए। अहिलेको अत्याधुनिक तक्निकीमा बगान तथा कार्यलयमा काम गर्दा स्थानीय ट्रेड युनियनहरुले पनि सिन्कोना बगानको काम कुराको सह्रना गरेकोमा बगान निर्देशक डा. सामुएल राईले सम्पूर्ण ट्रेड युनियनका प्रति निधीगणलाई आभार ब्यक्त गरेका छन। सभामा सुन्तलामा लाग्ने रोगलाई रोकथाम गर्न निम्ति पनि यस कमिटी मार्फत काम शुरु भईसकेको थाहा लागेको छ।
आजको सभामा दार्जिलिङ जिल्लापाल एस पुनम बालम, एफपीआई अनि हर्टिकल्चर विभाग सयुक्त सचिव कस्तुरी सेन गुप्त,जीटीए सिन्कोना ईडी सोनाम भुटिया, आईसीएआर निर्देशक ए. बन्दोपादय,एनआइएसए राँचीका निर्देशक अभिजित कर ,युबीकेबी निर्देशक अशोक चौधरी, सिन्कोना निर्देशक डा.समुएल राई, मङ्पू सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछाने अनि सिन्कोना बगानका अन्य अधिकारीगण उपस्थित थिए।