गोल्डन भोइस र गोल्डन डान्सरको निम्ति सेप्टेम्बरदेखि अडिशन शुरू हुने

si

गान्तोकः ‘गोल्डन भोइस अफ् सिक्किम’ र ‘गोल्डन डान्सर अफ् सिक्किम’ को आयोजनालाई लिएर मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको च्याम्बरमा प्राथमिक चरणको बैठक बस्यो। उक्त बैठकमा खालिङ लगायत संस्कृति विभागका सचिव बीके लामा, आईजीपी/एसबी प्रवीण गुरूङ, संस्कृति विभागका अतिरिक्त निदेशक सोनाम सेङ्गा र संस्कृति विभागका ओएसडी भवानी घिमिरे उपस्थित थिए।

यसैगरी, अनुगमन बैठक संस्कृति विभागको सचिवको कार्यालयमा बस्यो। बैठकमा संस्कृति विभागका अधिकारीहरू र राज्यका कलाकारहरू सहभागी बनेका थिए। बैठकमा विभिन्न विषयहरूमाथि चर्चा-परिचर्चापछि उक्त प्रतियोगिताको निम्ति आगामी सेप्टेम्बर महिनादेखि अडिशन शुरू गर्ने निर्णय लिइयो।

मुख्यमन्त्रीले यस प्रतियोगिताको शुरूवात गर्नुको मुख्य उद्देश्य राज्यका युवा प्रतिभाहरूलाई प्रोत्साहन प्रदान गर्नु अनि उनीहरूले रोजेका मार्गमा आत्मनिर्भर बनाउनु रहेको राजनीतिक सचिव खालिङले बताए। यो कार्यक्रमले राज्यका अन्तहीन प्रतिभाहरूलाई पनि एउटा ठूलो मञ्च पनि प्रदान गर्ने उनले बताए।

-हिस

About Author

Advertisement