तृणमूलले भाजपा कार्यकर्ताको हत्या गरेको आरोप

IMG-20230602-WA0221.jpg

कुचबिहार: दिनहाटामा शुक्रवार दिनको उज्यालोमै एक भाजपा कार्यकर्ताको गोली हिर्काई हत्या गरिएको छ। मृतक भाजपा कार्यकर्ताको नाम प्रशान्त राय बसुनिया बताइएको छ। उनी भाजपाको २३ नम्बर मण्डलका महासचिवको पदमा कार्यरत थिए। जानकारी अनुसार, दिनहाटाको शिमुलतला क्षेत्रमा शुक्रवार दिउँसो केही हतियार बोकेका बदमाशहरूले भाजपा कार्यकर्ता प्रशान्त राय बसुनियाको घरभित्र पसेर गोली हिर्काएर हत्या गरे, जसले गर्दा क्षेत्रमा हड़कम्प मचियो। घटनापछि पुलिस घटनास्थलमा पुग्यो औं शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति अस्पताल पठायो। यद्यपि, अहिले हत्याको कारण स्पष्ट छैन। भाजपाले तृणमूल समर्थित बदमाशहरूले उसको कार्यकर्ताको हत्या गरेको दाबी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement