चियापत्ती बोकेको लरीलाई अर्को लरीले धक्का दिँदा चालक घाइते

IMG-20230530-WA0284.jpg

बाघडुग्रा: बाघडुग्राको केस्टपुर एसियन हाईवे २-मा रोकेर राखेको चियापत्ती बोकेको लरीलाई अर्को एउटा लरीले धक्का दिँदा चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति चियापत्ती बोकेको लरीलाई अर्को लरीले धक्का दिँदा घातक लरी क्षतिग्रस्त भएको छ भने चियापत्ती बोकेको लरीबाट चियापत्तीको केही ब्यागहरू सडकमा खस्यो। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर चालकलाई उद्धार गरेर पहिला बाघडुग्रा अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले क्रेनको सहयोगमा दुईवटा लरी उद्धार गरेर थानामा लगेको छ। नो पार्किङ जोन रहे तापनि एसियन हाईवेमा लरी रोकेर राखेकोमा प्रश्न चिन्ह खडा भएको छ।

About Author

Advertisement