श्रमिकहरूका विविध समस्याबारे खड विकास अधिकारीलाई ज्ञापन

IMG-20230602-WA0005.jpg

जोरबङ्लो: मार्क्सवादी कम्युनिष्ट पार्टी दार्जिलिङ बिजनबारी क्षेत्र समिति अनि खरसाङ क्षेत्र समितिले आज संयुक्त रूपमा जोरबङ्लो सुकेपोखरी खण्ड विकास कार्यालय खण्डको बेरोजगार अनि गरिब श्रमिकहरूले भोगिरहेका विविध समस्या, सयदिने रोजगारको मजदुरको रकम चाँडै श्रमिकहरूलाई भुक्तान गर्नुपर्ने अनि वित्तीय वर्ष २०२३ – २४ मा कार्य सञ्चालन गर्नुपर्छ भन्ने माग लिएर आज ज्ञापन पत्र चढाएको छ। यसबारे प्रतिनिधि टोलीका रेजिना राई अनि निमा वाङदी डुक्पाले बताए अनुसार खण्ड विकास अधिकारीलाई भेटेर आज मनेरेगा कार्य बन्द रहेको अनि गत १८ महिनादेखि रोकिएको मजदुरीको रकम दिनु पर्ने तथा मानिसहरूले भोग्न परिरहेका विविध समस्या सम्बन्धित मार्क्सवादी कम्युनिष्ट पार्टी क्षेत्रीय समितिको तर्फबाट प्रतिनिधि टोलीले ज्ञापन पत्र बुझाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement