मिरिक देवराली बस्तीमा हर घर जल परियोजनाको शिलान्यास

IMG-20230602-WA0004.jpg

मिरिक: मिरिक महकुमाको देवराली बस्तीमा बिहीबार हर घर परियोजना शिलान्यास मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले गरे। यस अवसरमा स्थानीय मानिसहरूको निकै बाक्लो उपस्थिति थियो। यस शिलान्यास गरिएको जल परियोजनाको पानीले यहाँको देवराली बस्ती, सुकेटार, चालिसे, कन्चनपुर, नाम्सु गाँउलाई लाभ पुग्नेछ। यस अवसरमा बोल्दै सभासद मिलेस राईले आम मानिसलाई पानी उपलब्ध गराउँने उद्देश्यले सरकारले हर घर जल परियोजना शुरू गरेको जसको शिलान्यास आज गरिएको बताउँदै उक्त जल परियोजनाको कार्य अब चाँडै शुरू गरिने जानकारी गराए। सरकारले जनताको लागि दिएको यो योजनामार्फत सबै जनताले पानीको उपभोग गर्न पाउनेछन् भन्दै सरकारले प्रदान गरे तापनि यसलाई सबैले राम्रोसित संरक्षण र हेरचार गर्ने दायित्व जनताको हो भनी तिनले बताए। ठेकेदारहरूलाई पनि यस पानीको योजनाको कार्य राम्रोसँग गरिदिने तिनले अनुरोध गरेका छन्।

About Author

Advertisement