नन्दीग्राममा अभिषेककाे पदयात्रा

Abhishek-22.jpg

नन्दीग्राम: आफ्नो जनसम्पर्क कार्यक्रमको क्रममा बिहिवार तृणमूल कांग्रेस नेता अभिषेक ब्यानर्जीले भाजपाका वरिष्ठ विधायक शुभेन्दु अधिकारीको गढ नन्दीग्राममा चार घण्टासम्म पदयात्रा गरे। उनी लगभग २० किलोमिटर पैदल यात्रा गरे अनि सडक छेउछाउ उपस्थित मानिसहरूसॅंग कुराकानी पनि गरे।

उनले वृद्ध मानिसहरूसॅंग उनीहरूका समस्याहरूको बारेमा जानकारी लिए अनि समाधानको आश्वासन दिए। उनको यात्रा अघि नै पार्टी कार्यकर्ताहरूले सयौं ब्यानर र होर्डिङ्ग सडकको दुवै किनारमा लगाएका थिए। भारी सुरक्षाबीच अभिषेकले यो मार्च गरे।

उल्लेखनीय छ, अभिषेकको सभाको जवाफमा यहॉंका स्थानीय विधायक तथा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पनि चॉंडै यहॉं मार्च गर्ने घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement