२३ प्याकेट गाँजासहित दुई तस्कर पक्राउ

Screenshot_20230601_223336_WhatsApp.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको पुलिसले असमबाट सिलगढीमा तस्करीकाे ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो पुलिसले एउटा कारलाई अलिपुरद्वारको सालासलाबारी मोड क्षेत्रमा रोकेर खोजी गरेको थियो। खोजीका क्रममा कारबाट करिब २३ प्याकेट गांजा बरामद भएको छ। कारमा सवार दुई जनालाई पुलिसले पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानमा उक्त गाडी असमबाट सिलगढी जाँदै गरेको खुलेको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement