सुकेपोखरी: कम्युनिष्ट पार्टी मार्क्सवादी दार्जीलिङ बिजनबारी ऐरिया समिति अनि खरसाङ ऐरिया समितिले आज संयुक्त रूपमा जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालय खण्डको बेरोजगार अनि गरिब श्रमिकहरूले भोगिरहेको समस्या, सय दिने रोजगारको मजदुरको रकम चाँडै श्रमिकहरूलाई भुक्तान गर्ने अनि वित्तीय वर्ष २०२३-२४ मा मनेरेगाको कार्य संचालन गर्नुपर्छ भन्ने माग लिएर ज्ञापन बुझाए। खण्ड विकास अधिकारीलाई आज मनेरेगा कार्य बन्द अनि १८ महिना देखि रोकिएको मजदुरीको रकम सम्बन्धित बिषय लिएर माकम्युनिष्ट पार्टी मार्क्सबादी क्षेत्रीय समितिको प्रतिनिधिले ज्ञापन प्रत्र बुझाइएको छ। मनरेगा भारतको संविधानले पारित गरेको ऐन हो, जसलाई गत वर्ष २०२२-२३ सत्रमा एक दिन पनि काम नगरि सालभर बेरोजगार राखेर ग्रामीण जनसाधारणको संवैधानिक अधिकार राज्य अनि केन्द्र सरकारले जानीबुझी हनन् गरेको बताइएको छ। ‘विगत वर्ष २०२१-२२ को अवधि काम गरेको मजदुरी रकम प्राय १८ महिनासम्म पुग्दा पनि पारेको छैन। मजदुरको रोजी बिनाकारण रोकेर राखेको छ। यो सरासर जनतामाथि राज्य र केन्द्र सरकारको अवहेलना हो’, भनी ज्ञापन प्रत्रमा उल्लेख गरिएको छl सम्बन्धित विषय लिएर प्रतिनिधि टोलीका रेजिना राई अनि वाङदी डुक्पाले सचारकर्मीहरुलाई जानकारी गराएका छन्।