खरसाङ: भारतीय माक्सवादी कम्युनिष्ट पार्टी माक्सवादी (सीपीआईएम) ले आज सय दिने रोजगारको काम पुन: चालु गराउन र बाँकी रहेको रकम भुक्तानको माग गर्दै खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएका छन्। सीपीआईएमको पक्षबाट दार्जिलिङ जिल्ला कमिटी सदस्य उत्तम शर्मा, सचिव मण्डली सदस्य सचिन खाती, क्षेत्रीय कमिटी सदस्या अनिमा खवास, चेतन गुरुङ आदिद्वारा खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासलाई खण्ड विकास कार्यालयमा भेट गरी उक्त पत्र सुम्पेका छन्। सीपीआईएमद्वारा राज्यभरी सय दिने रोजगारको काम पुन: चालु गराउन माग गर्दै धरणा प्रदर्शन गरिरहेका छन् भने यता पहाड़मा खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य गरिएको छ। सीपीआईएमले सय दिने रोजगारको काम पुन: चालु गराउन पर्ने, विगत दुई वर्षदेखि काम गरेको पैसा पाउनु पर्ने, सय दिने रोजगारको काममा एक सय दिनबाट बढ़ाएर दुई सय दिन बनाउनु पर्ने आदि जस्ता मांगहरू गरिएको छ। यस ज्ञापन पत्र विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएमको जिल्ला सदस्य उत्तम शर्माले आज सीपीआईएमको तर्फबाट राज्यभरिमा सय दिने रोजगारको कामलाई लिएर घेराव र धरणा गरिरहेको भए पनि यता पहाड़मा खण्ड विकास अधिकारीलाई ज्ञापन दिने कार्य गरिएको बताएका छन्। उनले यसै क्रममा खरसाङ खण्ड विकास अधिकारीलाई पनि ज्ञापन दिएको र उक्त ज्ञापनमा सय दिने रोजगारको कार्य पुन: चालु गराउन पर्ने, विगत दुई वर्षदेखि नपाएको रकम पाउनु पर्ने मांग साथै अब सय दिने रोजगारको काममा एक सय दिनबाट बढ़ाएर दुई सय दिन बनाउनु पर्ने जस्ता मांगहरू गरिएको जानकारी गराएका छन्।









