प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डको भेटमा सम्बन्धलाई सुदृढ़ बनाउनेबारेमा चर्चा

00-PM-Modi-India-Nepal-PM-Prachanda

नयाँ दिल्ली: भारत भ्रमणमा आएका नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरे। यी दुई नेताहरूमाझ हैदराबाद हाउसमा बैठक सम्पन्न भयो। प्रचण्डको यो यात्राले भारत-नेपालको घनिष्ठ औ अद्वितीय सम्बन्धलाई नयाँ गति प्रदान गर्नेछ। भारतीय विदेश मन्त्रालयले प्रचण्ड र मोदीबीच भएको भेटघाटको तस्वीर जारी गरेको छ। फोटोमा प्रधानमन्त्री मोदी अनि प्रधानमन्त्री प्रचण्डलाई भेटघाट अवधि खुलेर हाँसेको देखिएको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गरे, प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्ताको लागि हैदराबाद हाउस पुगेका प्रचण्डलाई अभिवादन गरे।

दुई प्रधानमन्त्रीहरू बीच भारत-नेपालको बहुआयामी सम्बन्धका सबै पाटा र पक्षहरूमाथि चर्चा भयो। यसअघि बिहान नेपालका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीको राजघाटमा पुगेर पुष्पाञ्जलि अर्पण गरे। उनले राजघाटको आगन्तुक पुस्तिकामा पनि लेखे, ‘नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’-ले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेl’

नेपालका प्रधानमन्त्री प्रचण्ड ३१ मईदेखि ३ जूनसम्म भारतको आधिकारिक यात्रामा छन्। यो उनको चौथो भारत यात्रा हो। उनी बुधबार नयाँ दिल्ली आइपुगेका हुन्। यहाँ आएपछि केन्द्रीय मन्त्री मीनाक्षी लेखीले उनलाई न्यानो स्वागत जनाइन्। चार दिवसीय यात्रापछि उनी शनिबार स्वदेश फर्किनेछन्। आफ्नो यात्राको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजीत डोभाल औ विदेश सचिव विनय क्वात्रासित भेट गरे। आधिकारिक व्यस्तताबीच पनि उनी आफ्नो यात्राको एक भाग पूरा गर्न उज्जैन र इन्दौर पनि जानेछन्। दुवै पक्षले पछिल्ला नेपाली प्रधानमन्त्रीहरूको यात्रा अवधि हासिल गरिएका दुईपक्षीय साझेदारीलाई अझ अघि बढ़ाउने प्रयास गर्नेछन्।

यात्राको क्रममा नेपालका प्रधानमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखड़सित पनि भेट गर्नेछन्। भारतमा नेपालका राजदूत शंकर पी शर्माले बुधबार पुष्प कमल दाहालको भारत यात्रालाई ‘सद्भावना यात्रा’ बताउँदै भनेका थिए, यो यात्राले नेपाल-भारतको सम्बन्धलाई एउटा श्रेष्ठ उच्चतामा पुऱ्याउनेछl –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement