भागोप्रमो श्रमिक संगठनको संयोजक अनि उपाध्यक्षको दायित्व मिरिक सौरेनीका रोदन छेत्री र पुरण राईलाई

IMG-20230601-WA0166.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा हालै सामेल भएका रोदन छेत्री र पुरण राईलाई आज क्षेत्रीय कार्यकारी सभासद अरूण सिग्चीको उपस्थितिमा भागोप्रमो श्रमिक संगठनको संयोजक अनि उपाध्यक्षको पदको दायित्व सुम्पिएको छ। यस अवसरमा उपस्थित कार्यकारी सभासद अरूण सिग्ची अनि भागोप्रो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधानले रोदन छेत्रीलाई भागोप्रमो को श्रमिक सङ्गठनको मिरिक महकुमा संयोजक अनि पुरण राईलाई सौरेनी समष्टिको भागोप्रमो उपाध्यक्ष पद प्रदान गरेको छ। यस अवधि कार्यकारी सभासद अरूण सिग्ची अनि समष्टि अध्यक्ष सुनिल प्रधानले आफ्नो पदको दुरुपयोग नगर्ने अनि सधैं पार्टी र आमजनताको हितमा कार्य गरिदिने तिनीहरूलाई अनुरोध गरे। अर्कोतिर, पद प्राप्त गरेपछि रोदन छेत्री र पुरण राईले पार्टीले दिएको दायित्वलाई निष्ठापूर्क पालन गर्ने प्रतिबद्धता प्रकट गर्दै भरोशा गरेर आफुहरूलाई पद प्रदान गरेकोमा कार्यकारी सभासद अरूण सिग्ची अनि समष्टि अध्यक्ष सुनिल प्रधानप्रति आभार प्रकट गरे।

About Author

Advertisement