कमर्शियल ग्यासको दाममा ठूलो कटौती, प्रति सिलेन्डर ८३.५० रूपियॉं सस्तो

istockphoto-611328502-612x612.jpg

नयॉं दिल्ली: सार्वजनिक क्षेत्रको तेल एवं ग्यास विपणन कम्पनीहरूले महिनाको पहिलो दिन कमर्शियल ग्यास उपभोक्तालाई ठूलो राहत दिएको छ। तेल कम्पनीहरूले कमर्शियल सिलेन्डरको दाममा ८३.५० रूपियॉंसम्म कटौती गरेको छ। गत महिना कमर्शियल सिलेन्डर लगभग १७२ रूपियॉं सस्तो भएको थियो। नयॉं दर एक जून, बिहिवारदेखि लागू भएको छ।

इण्डियन ओएलको वेबसाइट अनुसार, दिल्लीमा १९ किलोको कमर्शियल ग्यास सिलेन्डरको दाम १८५६.५० रूपियॉंदेखि घटेर १७७३ रूपियॉं भएको छ। कोलकातामा १९६०.० रूपियॉंको तुलनामा १८७५.५० रूपियॉंमा पाइने छ।यसरी नै मुम्बईमा १८०८.५० रूपियॉंको तुलनामा १७२५ रूपियॉं र चेन्नईमा २०२१.५० रूपियॉंको तुलनामा १९३७ रूपियॉंमा पाइने छ। यद्यपि, घरेलू ग्यासको दाममा कुनै परिवर्तन गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement