‘चल्यो चल्यो बतास चल्यो’ गीत सार्वजनिक

00-1-Chalyo-Chalyo-Bataas

टीआरआई समाचार  

काठमाडौं: नेपाल आईडल फेम्ड गायक गायिकाद्वय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा सम्पन्न भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विश्वकर्म, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री (आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ। रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइकेलको शब्द डी.बी. लामाको सङ्गीत, पुस्कर सुनुवारको एरेन्ज, दिपेश प्रधानको मास्टरिंग/ मिक्सिंग, रहेको छ। चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। सियोन श्रेष्ठले निदेशन गरेको भिडियोमा कलाकारहरु अभिनय राम्रो देख्न सकिन्छ।

About Author

Advertisement