काेलकाता: राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कालीघाटका काकू सुजय कृष्ण भद्र पक्रा पर्दा भाजपा नेता दिलीप घोषले सीधा रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गरेका छन्।
न्यू टाउन इको पार्कमा बुधवार मर्निङ वक गर्न पुगेका दिलीपले भने, काकू पक्रा परेका छन्। अब फूपू-भतीज (मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी) को पालो हो। एउटा नियम छ, कसैको कान समातेर तानियो भने टाउँको आफै तानिन्दै आउँछ। अब कान तान्ने पालो समाप्त। अब सीधा रूपमा तिनीहरूलाई समाइनेछ, जो भ्रष्टाचारको मुखिया हुन्।
यसअघि पक्रा परेका शिक्षा मन्त्री पार्त चटर्जीको उल्लेख गर्दै दिलीपले भने, पार्थको साथ पार्टीको धेरै राम्रो सम्पर्क थिएन। अब काकू पक्रा परेका छन्, जसले घूसको पैसा लिएर शीर्षका नेताहरूसम्म पुऱ्याउनेगर्थे। अब मलाई लाग्छ कि मुख्य आरोपितहरूसम्म सजिलै पुग्न सकिनेछ। अभिषेक ब्यानर्जीकहाँ पहिले काम गर्ने काकूको उल्लेख गर्दै दिलीपले भने, जुन कम्पनीको निम्ति उनले काम गर्थे, त्यही कम्पनीले उनलाई फंसायो।










