आतङ्कको पर्याय बनेको चितुवा पिंजरामा

pratidintime_2023-04_93c104df-205c-41e9-8687-deefa20a956f_leopard.jpg

तिनसुकिया: तिनसुकिया जिल्लाको दुमदुमा नजिक सामदाङ चिया कमानमा फेरि एउटा चितुवा पिंजरामा कैद भएको छ। धेरै लामो समयदेखि क्षेत्रमा दुई वटा चितुवालाई घुम्दै गरेको देखिएको थियो जसले गर्दा स्थानीय मानिसहरू निक्कै डराएका थिए। चार दिनअघि एउटा चितुवा पिंजरामा परेको थियो। आज फेरि दोस्रो चितुवा पिंजरामा पऱ्यो। वन विभागको टीमले पिंजरा समेत चितुवालाई आफूसित लगेर गयो। वन विभागको सूत्रहरू अनुसार, चितुवाको स्वास्थ्य जाँच गरेपछि उसलाई घना जंगलमा छोड़िनेछ।

About Author

Advertisement