मिरिकको मरमा चियाबारीमा हाम्रो पार्टीको श्रमिक संगठनका नेतृत्वहरू चयन

IMG-20230530-WA0220.jpg

मिरिक: हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङसित मरमा चियाबारीका नेतृत्वहरूले आज अलगढा, वार्ड नम्बर १- मा अवस्थित “काव्यकुञ्ज” मा भेट गरेर चियाबारीको विषयमा लामो चर्चा-परिचर्चा गरे। यस भेटघाट अवधि केन्द्रीय प्रवक्ता घिसिङले आफूलाई प्रदान गरेको अतिरिक्त प्रभारीको प्रयोग गर्दै आगामी निर्देश नआएसम्मको लागि हाम्रो पार्टी मरमा चियाबारी श्रमिक संगठन गठन गरे। जुगल प्रधानलाई संयोजक अनि अतित राई, बसन्त राई, प्रमोद गुरूङ, प्रनाम तामाङ, राजीव राई, उमंग सुब्बा एवं रन्जन राईलाई विशेष दायित्व सुम्पनको साथै आगामी दिनको शुभकामना शुभेच्छा प्रकट गर्दै चियाबारीमा आश्रित आफ्नो सन्तानहरूको पक्षमा असल कर्महरू गरेर अघि बढ्ने निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement