हरिणको सिङ सहित युवक पक्राउ

IMG-20230530-WA0219.jpg

सिलगढी: वन विभागले हरिणको सिङ सहित एकजना युवकलाई पक्राउ गरेको छ।आज सो व्यक्तिलाई सिलगढी अदालतमा पेश गर्यो।वन बिभागले पक्राउ गरेका युवक २५ वर्षीय राकेश बराइकको रूपमा चिन्हित गरिएको छ। सुकना वन विभाग स्क्वायड १ का रेञ्जर दीपक रसाईलीले गोप्य सूचनाको आधारमा आफ्ना टोलीको साथमा मिलनमोड बजार इलाकामा अभियान चलाएर सन्देहको आधारमा एकजना युवकलाई पक्रेर छानबीन गर्दा हरिणको सिङको एउटा सानो अंश उद्धार गर्नको साथै सो युवकलाई पक्राउ गरेको बताइएको छ। यस सिङलाई बिक्री गर्नको लागि तिनी बजारमा घुमिरहेका थिए। यसको साथै आरोपी युवकले बताएको ठाउँबाट हरिणको अझ दुई वटा सिङ पनि उद्धार गरेको छ। सुकना स्क्वयड १ सूत्रले दिएको जानकारी अनुसार जङ्गली जीव जन्तुहरूको देहांश तस्करीको पछि एउटा ठुलो गुट सक्रिय रहेको छ भने उक्त गुटको पर्दाफास गर्न वन विभागको टीम लागिपरेको छ। यस विषयमा रेञ्जर दीपक भने, गोप्य सूचनाको आधारमा अभियान चलाएर तिनको टीमले ठुलो सफलता हासिल गरेको छ। सुकना स्क्वायडको टीमले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement