डुवर्स कप फुटबलको फाइनल खेल सम्पन्न

IMG-20220623-WA0138.jpg

बीरपाडा: अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा आज मदारीहाट हाईस्कुल मैदानमा डुवर्स कप फुटबलको फाइनल खेल सम्पन्न भयो। १५ वर्षमुनिको समूहमा फालाकाटा २ नम्बर ग्राम पञ्चायत च्याम्पियन बने भने अर्को समुहमा कुमार ग्राम ब्लक च्याम्पियन बनेको छ। उत्तर बंगालका आईजी देवेन्द्र प्रकाश सिंह र जलपाईगढीका डीआईजी अमित पी जावलगीले च्याम्पियन टोलीलाई ट्रफी र ५० हजार रुपियाँ र उपविजेतालाई २५ हजार रुपियाँको चेक हस्तान्तरण गरे। जिल्ला पुलिस सुपर वाई रघुवंशी लगायत अन्यान्य अतिथिहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *