मुख्यमन्त्री तामाङले दिल्लीमा उपचारका लागि गएका बिरामीहरूसॅंग भेट

Kid-Recites-Beautiful-POetry-Verse-For-CM-Sikkim.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्ली उपचारका लागि डीकेके भवनमा बसेका ५१ जना बिरामी र उनीहरूका परिवारसॅंग भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले बिरामीहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूका स्वास्थ्य सम्बन्धी जानकारी लिए। उनले बिरामीहरूका समस्या अनि आवश्यकताहरूलाई व्यक्तिगत रूपमा सम्बोधित गर्दै शिघ्र सुस्वास्थ्यको कामना गरे।

यसैगरी, मुख्यमन्त्रीले सबैका लागि ओल्ड सिक्किम हाउसमा दिवा भोजनाको आयोजना गरेका थिए। हाल मुख्यमन्त्री चार दिवसीय दिल्ली भ्रमणमा रहेका छन्। उनी नीति आयोगको बैठक र नयॉं संसद भवनको उद्घाटन समारोहमा सहभागी बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement