गान्तोक: भारत सरकारका शिक्षा राज्य मन्त्री डा. सुवास सरकार आधिकारिक भ्रमणा सिक्किम आइपुगेका छन्। यस एक दिवसयी सिक्किम भ्रमणको क्रममा मन्त्रीले राजधानीमा एउटा कार्यक्रममा सहभागिता जनाउने थाहा लागेको छ।
छिमेकी राज्य पश्चिम बङ्गालको बागडोग्रा हवाइअड्डाबाट सड़क मार्ग भएर सिक्किम आउने क्रममा आज बिहान रम्फूमा पाकिमका महकूमा अधिकारी छिरिङ नोरग्याल थीङ लगायत अन्य शीर्ष अधिकारीहरूले केन्द्रयी मन्त्रीलाई राज्य सरकार र राज्यवासीको पक्षमा स्वागत जनाए। मन्त्री डा. सरकारको साथमा उनको दोस्रो निजी सचिव सव्यसाची चक्रवर्ती पनि सिक्किम आएका छन्।











