सेन्गोल स्थापना गरिएपछि रजनीकान्तले प्रधानमन्त्रीप्रति जनाए आभार

photocollage_2023528191527505.jpg

नयाँ दिल्ली: प्रख्यात अभिनेता रजनीकान्तले प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको नयाँ भवनमा तमिलहरूलाई गौरवान्वित गरेकोमा आभार व्यक्त गरेका छन्। रजनीकान्तले प्रधानमन्त्रीको ट्वीट सन्देशको प्रतिक्रिया दिँदै खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी भने, ‘सारा देशले तमिलनाडुको गौरवशाली संस्कृतिमाथि गर्व गर्दछ। नयाँ संसद भवनमा यस महान राज्यको संस्कृतिलाई गौरवान्वित भएको देख्नु वास्तवमै खुशीको कुरा होl’ यसमाथि ट्वीटमै प्रतिक्रिया व्यक्त गर्दै रजनीकान्तले भने, ‘तमिल सत्ताको पारम्परिक प्रतीक राजदण्ड (सेन्गोल) भारतको नयाँ संसद भवनमा चम्किनेछ। पहिलो पटक भारतमा तमिलहरूलाई गौरवान्वित गरिएको छ। यसको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक धन्यवादl’
उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीमा तमिलनाडुका आदिनम सन्तहरूको बाहुलीबाट सत्ता हस्तान्तरणको प्रतीक पवित्र राजदण्ड ‘सेन्गोल’ ग्रहण गरेका थिए। उक्त सेन्गोललाई प्रधानमन्त्रीले आज संसदको नयाँ भवनमा उद्घाटन समारोह अवधि लोकसभा अध्यक्षको आसन नजिक स्थापित गरेका छन्। सेन्गोल ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो उद्बोधनमा भनेका थिए, सयकड़ौं वर्षको दासतामा पिल्सिए पनि तमिलनाडुको संस्कृति आजसम्म जीवन्त र समृद्ध छ। यस परम्परालाई जीवित राख्ने दायित्व आदिनम सन्तजनहरूले त निभाएकै छन् साथमा यसको श्रेय पीड़ित-शोषित-वञ्चित सबैलाई जान्छ। उनीहरूले यसको रक्षा गरे, यसलाई अघि बढ़ाए।
प्रधानमन्त्री मोदीले सन्तहरूसित भने, ‘आउँदो २५ वर्षको लागि केही लक्ष्य तय गरिएको छ। स्वतन्त्रताको १००औं वर्ष पूरा हुँदासम्म एक शक्तिशाली, आत्मनिर्भर र समावेशी विकसित भारतको निर्माण गर्ने महत्वपूर्ण लक्ष्य राखिएको छ। सन् १९४७ को तपाईहरूको महत्वपूर्ण भूमिकादेखि देशवासी पुनः परिचित छन्। आज देश वर्ष २०४७ को ठूलो लक्ष्यलाई लिएर अघि बढ़िरहेको छ। यस अवस्थामा तपाईहरूको भूमिका अझ महत्वपूर्ण भएको छ। तपाईहरूका संस्थानहरूले सदैव सेवाका मूल्यहरूलाई साकार बनाएका छन्l’

About Author

Advertisement