नयाँ दिल्ली: भोलि दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सद्वारा असमको लागि पहिलो वन्दे भारत एक्सप्रेस रेललाई झण्डा देखाएर प्रस्थान गराउने छन्। अत्याधुनिक वन्दे भारत एक्सप्रेस रेलबाट सो क्षेत्रका मानिसहरूलाई तेज गति अनि सुविधाको साथ यात्राको अवसर प्राप्त हुनेछ। गुवाहाटीलाई न्यू जलपाइगढ़ीसित जोड़ने यस रेलले यात्रा समयमा करिब एक बचाउनेछ। वन्दे भारत दुवै शहरहरूको बीचको यात्रा ५ घण्टा ३० मिनटमा पूरा गर्नेछ, जबकि अहिलेसम्मको सबैभन्दा तेज गतिमा चल्ने रेलले यसको निम्ति साढ़े ६ घण्टाको समय लिइरहेको छ।