राष्ट्रलाई समर्पण गरियो नयाँ संसाद भवन

new_Parliament_1685149662214_1685149662503.jpg

नयाँ दिल्ली: देशको नयाँ संसाद भवन आज प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई समर्पण गरे। आज बिहान ७:२० बजे नयाँ संसद भवनमका पुगेपछि उनले महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जली अर्पण गरे। अधिनामका साथमा प्रधानमन्त्री मोदी नयाँ संसद भवनमा प्रवेश गरे। उनले सेन्गोल स्थापना गर्दा लोकसभाका अध्यक्ष ओम बिरला पनि साथमा थिए। हवन गरेपछि नयाँ संसद भवनमा सेन्गोल स्थापना गरिएपछि उनले फलक अनावरण गरेर नयाँ संसद भवन उद्घाटन गरे। त्यसपछि प्रधानमन्त्री मोदीले नयाँ संसद भवन निर्माणमा सामेल रहेका व्यक्तिहरूलाई सम्मान जनाए। सर्व धर्म प्रार्थना सभामा प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभाका अध्यक्ष पनि सहभागी थिए।

यस कार्यक्रममा केन्द्रीय मन्त्री परिषद्का मन्त्रीहरू अमित शाह, डा. जितेन्द्र सिंह, राजनाथ सिंह, अश्विनी वैष्णव, अनुराग सिंह ठाकुर, डाक्टर मनसुख मण्डाविया, प्रह्लाद जोशी र भाजपा अध्यक्ष जेपी नड्डाले पनि सर्व धर्म प्रार्थना सभामा भाग लिएका थिए। उद्घाटनको यस ऐतिहासिक अवसरमा आज दिउँसो प्रधानमन्त्री मोदीले ७५ रुपियाँको स्मारक सिक्का र हुलाक टिकट पनि सार्वजनिक गरे। नयाँ संसद भवन उच्च गुणस्तरीय निर्माणका साथ रेकर्ड समयमा निर्माण गरिएको आत्मनिर्भर भारतको भावनाको प्रतीक बनेको छ। यो नयाँ भवनले भारतको गौरवशाली लोकतान्त्रिक परम्परा र संवैधानिक मूल्यहरूलाई समृद्ध बनाउनेछ। नयाँ संसद भवनलाई सदस्यहरुले आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गर्नसक्ने गरी अत्याधुनिक प्रविधिले सुसज्जित बनाइएको छ। नयाँ संसद भवनको शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले १० दिसम्बर २०२० मा गरेका थिए।

नयाँ संसद भवन ६५ हजार वर्ग मिटरमा निर्माण भएको छ। यसको त्रिकोणीय आकारको उद्देश्य ठाउँको उपयोग सुनिश्चित गर्नको लागि रहेको छ। लोकसभा कक्षमा ८८८ सीटहरू छन् र यसलाई राष्ट्रिय पंक्षी मयूरको थीममा बनाइएको छ। नयाँ संसद भवनको राज्यसभा कक्षमा ३९४ सिटहरू छन्, अनि यसलाई पनि राष्ट्रिय फूल कमलको थीममा बनाइएको छ। लोकसभा कक्षमा संसदको संयुक्त सत्रको लागि एक हजार दुईका साथ ७२ सिटहरूको व्यवस्था हुनसक्छ। यस भवनमा रहेका कार्यालयहरू सुरक्षित हुनुका साथै अत्याधुनिक सूचना प्रविधि र श्रव्य दृश्य प्रणालीले सुसज्जित छन्।

About Author

Advertisement