प्रदेश कांग्रेसले गरे जनआन्दोलनको आह्वान

IMG-20230528-WA0247.jpg

जलपाईगुडी: ‘राज्यमा बम राज स्थापना भएको छ’ भन्दै प्रदेश कांग्रेसको शहीद मीनार अभियानको तयारी बैठकमा जिल्ला कांग्रेस अध्यक्षले राज्य सरकारमाथि गम्भीर आरोप लगाएकाे छन्। उक्त जानकारी जलपाईगुडी जिल्ला कांग्रेस अध्यक्ष पिनाकी सेनगुप्ताले आइतबार एक पत्रकार सम्मेलनमा दिए। राष्ट्रपति विना नयाँ संसद भवन उद्घाटन भएको आजको दिन देशको इतिहासकै कालो दिन भएको उनले बताए। राज्यको स्मरण गर्दै उनले भने, ‘यस राज्यमा बम राज स्थापना भएको छ, जताततै बम विस्फोट भइरहेको छ, जनता मरिरहेका छन्। प्रदेश कांग्रेस अध्यक्षले यस अराजकता विरुद्ध जनआन्दोलन गर्न १५ जुनमा ‘शहीद मीनार चलो’को आह्वान गरेका छन्। जिल्ला कांग्रेसले प्रत्येक वार्डमा यो अभियानको प्रचारप्रसार कार्यक्रम शुरु गरेको छ।

About Author

Advertisement