शब्द समय सालबारीको ११८औं प्रकरण सम्पन्न………

IMG-20230528-WA0131.jpg

सिलगढ़ी: महीनाको अन्तिम शनिबार सम्पन्न हुने शब्द समय सालबारीको ११८औँ प्रकरण स्थानीय सयपत्री संघ भवनमा सम्पन्न २७ मईको दिन सम्पन्न भयो। सर्जक-सम्पादक शैलेन्द्र समदर्शीको सञ्चालनसित आरम्भ भएको यस प्रकरणको प्रथममा कवि प्रा. डा. सञ्जय वान्तवाले आफ्ना मन्तव्यहरू राखे। उनले भने अघि अघि साहित्य गर्दा खुबै रमाइलो थियो। आज शब्द समयमा हामी तीन पुस्ताका साहित्यकारहरू भेला भएका छौं। हामीले आज सर्जक भाइ बहिनीहरूलाई पनि निम्त्याएका छौं। हामी सबैले समाजलाई अघाडि बढाएर लैजान पर्नेछ। आफ्ना कुराहरू राखेपछि कवि डा. वान्तवाले गरूढ शीर्षकको आफ्नो कविता पनि वाचन गरेर सुनाए। त्यसपछि प्रसिद्ध चलचित्र अभिनेता टंक शर्माले प्रसिद्ध फिल्म निर्देशक प्रताप सुब्बाका योगदानहरूमाथि बोल्दै उनीसितका आफ्ना अनुभवहरू साझा गरे। आजको प्रकरणमा रचना पठन गर्ने वरिष्ठ साहित्यकारसितै धेरै पाठकप्रिय सर्जकहरू थिए जसमा वरिष्ठहरू कवि भविलाल लामिछाने, कवि मोहन ठकुरी, कवि नोर्जाङ स्याङदेन, कवि निर्मल सिन्चुरी, रम्भास कवि लीलबहादुर सुनार, कथाकार मणिकुमार प्रधान, कथाकार पी. टी. योल्मो, युग्मककार कालूसिंह रनपहेंली, अ. प्रा. कप्तान महेश कुमार सुब्बा, कवि कृष्ण प्रधान अर्पण, कथाकार सुभाष छेत्री, साहित्यकार प्रकाशमणि प्रधान, कवि सूरज रोसुरी अनि कवि राजा पुनियानी सहभागी थिए। आजको प्रकरणमा सहभागी बन्न आइपुगेका युवा सर्जकहरू नारायण काफ्ले, सागर थापा अनि श्रवण कुमार प्रधान थिए, जसलाई कार्यक्रममा खदा पहिर्याएर स्वागत पनि जनाइएको थियो उनीहरूले पनि आफ्ना रचना पठन गरे। शब्द समयका बलियो खाँबो कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले यस प्रकरणमा केही मननीय कुराहरू राखे। उनले शब्द समयका नियमावलीहरू पुन: स्मरण गराउँदै भने, शब्द समयले आफ्ना नियमहरू र अनुशासन पालन गर्दै अघाडि बढेको छ। अन्त्यमा भर्खरै दिवङ्गत बनेका शब्द समयका सक्रीय सदस्य बी.बी. लामा अनि खरसाङकी प्रसिद्ध समाजसेवी, साहित्यकार अनि राष्ट्रिय शिक्षक पुरस्कारले विभूषित शिक्षिका सुश्री शान्ति प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै उनीहरूको आत्मशान्तिका निम्ति दुई मिनट मौन धारण गरेर प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरियो। सम्पूर्ण कार्यक्रमलाई स्रष्टा-द्रष्टा पत्रकार अनि ओन लाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेन्द्र समदर्शीले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। यस प्रकरणमा वरिष्ठ साहित्यकार डी.एस. बम्जन, चर्चित कवि प्रणय शंकर, वरिष्ठ समाजसेवी पूर्ण मंगर, नारद शर्मा, रघुनाथ शर्मा, ठाकुर प्रसाद शर्मा, अनुदीप शर्मा, बनिता शर्मा, प्रतिज्ञा भुजेल, आस्था तामङ, डम्बरसिंह भारद्वाज, विनोद सिंह, निमा सेर्पा आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement