वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको नयाँ कमिटी गठन

IMG-20230527-WA0280.jpg

खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण समितिको साधरण सभा अनि नयाँ कमिटीको चयन गरिएको छ। उक्त नयाँ कमिटी गठनको लागि एक सभा संस्थाकै अध्यक्ष दीपक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई मदन प्रधानले सञ्चालन गरेका थिए। सभामा सबै वरिष्ठ नागरिकहरुलाई खदा लगाई सम्मान जनाईयो। सभामा दीपक प्रधानले नै स्वागत भाषण राखेका थिए भने सभामा सचिवद्वारा संस्थाको वार्षिक प्रतिवेदन अनि आय ब्ययको फाँटवारी सुनाएका थिए। सभामा गाँधी मोक्तानले आफ्नो सुझाव पेश गरेका थिए। अन्त्यमा अध्यक्षले आफ्नो सम्भाषण राखेर सबैलाई धन्यवाद दिएर पुरानो कमिटिलाई विघटन भएको घोषणा गरेका थिए। त्यसपछि वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको नयाँ कमिटी गठनको लागि प्रोसेस शुरु गरिएको थियो। कमिटिको चयन कार्य जेबी गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त सभामा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको नयाँ कमिटीमा
अध्यक्ष गाँधी मोक्तान, सचिव पूर्णकुमार मास्के, कोषाध्यक्ष तिलक शर्मा आदिलाई चयन गरिएको छ। सभामा जेबी गुरुङ र पूर्ण मास्केले पनि सम्बोधन गरेका थिए। अन्त्यमा सबैलाई धन्यबाद दिएर सभालाई बर्खास्त गरिएको जानकारी तीनधारेबाट दिपक प्रधानले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *