‘द हिमालय क्लिन अप’ कार्यक्रममा सहभागी बन्दै याली गाउँले गऱ्यो व्यापक सफाई

IMG-20230527-WA0315.jpg

गान्तोकः भारतको पहाड़ी राज्यहरूलाई फोहोर मुक्त पार्ने दिशामा सुसुचित र सचेत गराउन डब्ल्युडब्ल्युएफ इण्डियाले एसबीआई फाउन्डेशनको प्रायोजनमा गर्दै आएको ‘द हिमालय क्लिन अप’ कार्यक्रम २६ मई देखि शुरू भएको छ।

यस अवसरमा सिक्किमको राजधानी गान्तोक नजिक पर्यावरण सचेत गाउँ यालीले पनि ‘द हिमालय क्लिन अप’ कार्यक्रममा सम्पूर्ण गाउँको सफाई गरेको छ। स्थानीय सुनाखऱी, रोज, दीप ज्योती स्वयं सहयाता समुह, वार्ड पञ्चायत ढोल कुमारी गुरुङ, स्थानीय गाउँले, याली प्राथमिक पाठशालाका प्रतिनिधि प्रधान अध्यापक कर्मा नामग्याल, मिङकित लेप्चाको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित डब्ल्युडब्ल्युएफ इण्डियाका प्रतिनिधि उगेन भोटियाले ‘द हिमालय क्लिन अप’ कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकी गराएका थिए। यसैगरि प्रधानअध्यापक कर्मा नामग्याल र स्थानीय प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए।

गाउँका ४५ जना भन्दा धेरै मानिसहरूको सहभागी रहेको ‘द हिमालय क्लिन अप’ कार्यक्रममा सङ्कलन गरिएका फोहोरहरूलाई ब्राण्ड अडिट गर्ने कार्य गरिएको थियो। यसरी नै विभिन्न ब्राण्ड़लाई छुट्याउने र सिङ्गल युज प्लास्टिक, मल्टिलेयर प्लास्टिक, टिन, फलाम, बोतललाई अलग अलग राखेर त्यसको मात्रा जोख्ने कार्य पनि गरिएको थियो भनी स्थानीय कर्मा तामाङले जानकारी गराएका छन्।

-हिस

About Author

Advertisement