तस्करी अगावै २८वटा भैँसी तथा २ जना पक्राउ

IMG-20230527-WA0205.jpg

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा, विधान नगर पुलिस थानाले शनिबार बिहान फणसिडेवाको मुरलीगञ्ज चेक पोस्टमा छापा मार्यो। सोही क्रममा पुलिसले एउटा ट्रक आफ्नो नियन्त्रणमा लियो। सोधखोजको क्रममा ट्रकबाट २८ वटा भैँसी बरामद गरेको थियो। यस घटनामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम अन्सार रजा (२०) र अक्षयलाल यादव (३१) रहेको छ।

अन्सार उत्तर दिनाजपुर जिल्लाको दलखोलाका र अक्षय बिहारको गोपालगञ्जका बासिन्दा हुन्। पक्राउ परेकाहरूलाई सिलगढी डिभिजनल कोर्टमा लगिएको थियो। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *