रम्बुक चिया बगानमा आएर जे वी तामाङले आफ्नो राजनैतिक दुनो सोझाउँने काम गर्दैछ: भूपेन

Screenshot_20230527_183424_WhatsApp.jpg

दार्जीलिङ: रम्बुक सिर्डस चिया बगानमा आएर जे बी तामाङले आफ्नो राजनैतिक दुनो सोझ्याउँने काम गर्दैछ भन्ने मन्तव्य भूपेन छेत्रीले पोखेको हो। गत केही दिन अघिदेखि बन्द अवस्थामा रहेको रम्बुक सिडर्स चिया बगानको स्थिति बुझ्न अतिरिक्त श्रमायुक्तले हिज शुक्रबार बगानको भ्रमण गरयो।त्यसरी नै क्षेत्रिय सभासद एंव जीटीए सभाको भाइस चेयरम्यान राजेश चैहानले पनि सो क्षेत्रको भ्रमण गरेकोमा स्थानीय श्रमिकहरूले आभार जनाएको छ। रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूले भोग्दै आई रहेको समस्याहरूलाई आत्मासात गर्दै जोइण्ट फोरमले सभाहरूको आयोजनाहरू गर्दै आई रहेको छ। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भूपेन छेत्रीले बन्द रम्बुक सिडर्स चिया बगानको स्थिति बुझ्न अतिरिक्त श्रमायुक्तले बगानको स्थिति भ्रमण गरी दिएकोमा आभार जनाए, त्यसरी नै क्षेत्रिय सभासद राजेश चौहनलाई पनि आभार जनाए। तिनले भने बन्द रम्बुक सिर्डस चिया बगान पूनः संचालन गरिनु पर्छ भन्ने हेतुले बगानको श्रमिकहरू अनि श्रमिक संगठनहरूले जो पहल गरी रहेको छ अनि आजसम्म सरकारसंग पाँच चोटी वार्ता समेत बसी सकेको छ, जसको फलस्वरूप सरकारले बगान संचालन गर्नलाई पूनः पहल गरेको छ यस्तो स्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठनको केन्द्रीय अध्यक्ष जे बी तामाङले आफ्नो राजनैतिक दुनो सोझ्याउने जो काम गर्दैछ। त्यसको हामी कठोर शब्दमा निन्दा जनाउँछौ साथ विरोध पनि गर्छौ छेत्रीले भने। रम्बुक सिडर्स चिया बगानको आज जो स्थिति भएको छ, यसको दायी पनि जे बी तामाङ जस्तो गैर जिम्मेवार नेताहरूको कारणले गर्दा भएको हो छेत्रीले भने। तिनले भने मालिक पक्षहरूसंग मिलेर श्रमिकहरूलाई यातना दिने काम जो भई रहेको छ यसको हामी घोर विरोध जनाउछौ भन्दै भूपेन छेत्रीले आक्रोश जनाए।त्यसरी नै बसन्ती तामाङ,सरिता राईले हाम्रो बगान बन्द भएको छ,हामी अहिले समस्यामा परेका छौ तर यहाँ कतिपय नेतृत्वहरूले हाम्रो पसिनामा राल चुहाउँदैछ तर हामी हाम्रो पसिना कसैलाई पनि दिने छैनौ।कतिपय नेतृत्वहरूले बगानको मालिक आउँदैछ भन्दै श्रमिकहरूलाई भेला गर्ने कामहरू गर्दैछ तर यस्तो झूठो कुराहरू चहि किन गर्दैछ,ती नेतृत्वहरूले सिधा सोझो श्रमिकहरूलाई काँचो पत्ती टिप्न लगाएर त्यसबाट मुनाफा खाने काम गर्दैछ तर हामी त्यस्तो गर्न कदापी दिने छैनौ भन्दै स्थानीय श्रमिकहरू विच्किए।

About Author

Advertisement