बिजुलीको करेन्ट लागेर वयस्क हात्तीको मृत्यु

Elephant-died-due-to-electrocution-at-madarihat.jpg

मदारीहाट: बिजुलीको करेन्ट लागेर मदारीहाटको पूर्वी खैरबारीमा एउटा वयस्क हात्तीको मृत्यु भएको छ। गत राति लगभग १२ बजी खरबारी इलाकाको सुपारी बगानमा एउटा हात्ती पस्दा त्यहाँ भएको हाई टेनसन बिजुलीको तारमा अचानक बिजुलीको सम्पर्कमा आएर एउटा सुपारीको बोटमा आगो लागेको स्थानीय मानिसहरूले देखे। यसपछि तिनीहरूले त्यहाँ एउटा हात्ती मरेको अवस्थामा देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। वनविभागले दिएको जानकारी अनुसार सुपारीको रुखको सम्पर्कमा आएर उक्त दुर्घटना भएको हो। जलदपाडा राष्ट्रिय उद्यानका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको हात्ती उद्धार गरेर लैजानको साथै जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement